आवश्यकता, चेतना र प्राणवायु अथवा आत्माद्वारा सञ्चालित प्रकृत्य निर्मित मानवरूपी भौतिक यन्त्र मानव हो। यो यन्त्रको आवश्यकता उपभोग्य र उपयोगी वस्तुरूपी इन्धनबाट हुन्छ र यसको ब्रेक र लाइट चेतना हो। आँखाले हेरेर, कानले शब्दद्वारा सुनेर, नाकले गन्धद्वारा, जिब्रोले तीतो, पीरो, अमिलो र गुलियो रसद्वारा, छालाले तातो–चिसो स्पर्शद्वारा पत्ता लगाउँछ।
मानव सृष्टिमा सर्वोत्कृष्ट रूपमा स्थापित भएको छ । यसमा अलग राय छैन। यसको वास्तविकता आध्यात्मिक दर्शनमा बताएजस्तो हो या नास्तिक दर्शनमा बताए जस्तो हो। सत्य–तथ्य वैज्ञानिक र प्रत्यक्ष प्रमाण कतै र कुनै पनि छैन। आ–आफ्नो विश्वासमा आधारित छ।
अर्को कुरा प्रकृतिद्वारा सम्पूर्ण रूपमा व्यवस्थित यो मानवरूपी प्राणी समाजबिना उत्पत्ति जन्म जीवन विकास नहुने मृत्युपछि मात्र समाजबाट मुक्त हुने भएकाले मानवलाई सामाजिक प्राणी भनिएको छ र यसको समूहलाई समाज।
‘सम्बन्धरूपी सूत्र–जाल समाज’ भन्ने समाजशास्त्रीहरूको मत छ। सूत्र (धागो) नभईकन जाली बन्दैन। सूत्र (धागो) के
हो ? आवश्यकता र चेतनाका तन्तु (धागा) समाज निर्माणका आधार हुन्। आवश्यकता र चेतना जन्म, जीवन, जीवन विकास र सामाजिक सम्बन्धका आधार हुन्। यिनको अभावमा प्राणवायु पनि रहँदैन, मानव शरीर जड हुन्छ र सामाजिक सूत्रजालबाट पनि ऊ छुट्दछ। सम्पूर्ण मानव अर्थात् समाजको गति र स्थिति यही हो।
मानव विज्ञान पूर्ण रूपमा एकताको छ। विज्ञान भिन्न हुन सक्दैन, समान हुन्छ र मानव विज्ञान पनि समान छ। एउटा फ्याक्ट्रीबाट एउटै मोडलमा निस्केको गाडी भिन्न नभएभैmँ मानव पनि भिन्न छैन, समान छ।
समता मानव समाजको विज्ञान हो। पृथ्वीको कुनै कुनामा किन नजन्मोस् किन नबढोस्, आकार प्रकार अङ्ग–प्रत्यङ्ग काम–कर्म आदि सबै समान छ। जन्म–मृत्यु सबैमा छ। समता सामाजिक विज्ञान हो। समाज समताको वैज्ञानिक सिद्ध सूत्रमा नै आधारित छ भने समाजमा यति ठूलो भिन्नता किन ? यो भिन्नता समाज विज्ञानद्वारा विभाजित भिन्नता होइन। यो सब भिन्नता मानव विज्ञान होइन, मनोवाद विचारमा आधारित भिन्नता हो। मानवकृत कृत्रिम अवैज्ञानिक आधारमा आधारित विकसित भिन्नता हुन्छ। धनी, गरिब, जात, विजात, धर्मी, विधर्मी, हिन्दु, इस्लाम, कृश्चियन वाद र वादी, गान्धी, माक्र्स, पुँजी आदि वाद र वादी, ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र जात र जाति इत्यादि कुनै प्राकृतिक र वैज्ञानिक होइनन् र विज्ञानमा आधारित छैनन्। व्यक्तिको मनोवाद विचार र
दर्शनका उपज हुन्। सही मनोवाद विचार र दर्शनलाई मनोविज्ञान मानिएको छ। यो विज्ञान होइन, विज्ञान भए सबैमा एकता हुनु नै भिन्नता छ।
समाजमा विद्यमान जातीय, वर्गीय, धार्मिक आदि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा रहेका विषमताहरूको अन्त्यले एकताका साथै समानले स्वतन्त्रता पनि समाजमा आउँछ। समता, एकता र स्वतन्त्रताको सङ्गठित समाजमा शक्ति र सम्पत्तिको विकास हुन्छ। अनि अभाव र दबाबमुक्त समाजको सिर्जना हुन्छ। अभाव र दबाबमुक्त, एकता, समता र स्वतन्त्रता भएको समाज नै समाजवादी समाज हो। अभाव र दबाबमुक्त, एकता, समता र स्वतन्त्रताको विचार नै समाजवादी विचार हो।
२००७ सालको सशस्त्र क्रान्तिद्वारा सामन्ती, जनविरोधी राणाशासनको अन्त्य र आधुनिक युगमा नेपालको प्रवेशपछि दूरदर्शी चिन्तक बीपी कोइरालाले सुवर्ण शमशेर र गणेशमान सिंह र अन्य साथीहरूसँंग छलफल, विचारविमर्श गरी नेपाललाई समाजवादी सिद्धान्त र उद्देश्यको बाटोबाट अगाडि बढाउने निर्णय गर्नुभएको थियो। २०१२ सालको नेपाली कांग्रेसको वीरगञ्ज अधिवेशनमा सुवर्णजीद्वारा यो प्रस्ताव राखिएको थियो र छलफलपछि सर्वसम्मतिले पारित भएको थियो। २०१५ सालको आमनिर्वाचनमा दुई तिहाइ बहुमत नेपाली कांग्रेसको आयो । बीपी कोइरालाको नेतृत्वमा सरकार निर्माण भयो। यो सरकारले जातीय, वर्गीय, धार्मिक आदि र आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा विकसित भेदभाव र भिन्नता अन्त्य गरी समता, एकता र स्वतन्त्रताको शक्ति र सम्पत्तिको विकास र सन्तुलित समताको वितरणले अभाव र दबाबमुक्त समाजवादी समाजउन्मुख अगाडि देश र समाजलाई बढाउने क्रान्तिकारी नीति, कार्यक्रम अगाडि सारेको थियो । केही कार्यान्वयन पनि भइसकेका थिए। प्रधानमन्त्री बीपी कोइरालाले १५ वर्षभित्र नेपाल र नेपालीलाई मध्यमखाले अर्थतन्त्रबाट अघि बढाउँछु भनेर घोषणा गर्नु भएको थियो। सन् १९६० को दशकमा लगभग नेपालसँगै स्वतन्त्र भएका सिङ्गापुर, मलेसिया र दक्षिण कोरिया आदि देश स्रोतसाधनका दृष्टिले नेपालभन्दा पछाडि भए पनि शक्ति र सम्पत्तिको विकासले यही ७० वर्षको अवधिमा कहाँ पुगेका छन्। नेपाल कहाँ छ ? कुन सङ्कटमा छ ?
नेपाल र नेपालीको दुर्भाग्य बीपी कोइराला र उहाँको सरकारले काम गर्न पाएन। १८ महिना पुग्दानपुग्दै राजा महेन्द्र्रले सैन्य शक्ति प्रयोग गरी जननिर्वाचित सरकार र प्रतिनिधि सभा भङ्ग गरी पार्टीहरूमाथि प्रतिबन्ध लगाए। सबैलाई जेल हाले। जनताका अधिकार खोसिए। देश पुनः पछि फर्केको थियो।
सुवर्णशमशेर कोलकाता गएको समय परेकाले उहाँ जेल पर्नुभएको थिएन। जेल पर्नबाट बचेका नेताकार्यकर्ता भारतको पटनामा जम्मा भई सम्मेलन गरे। सम्मेलनले प्रजातन्त्र पुनस्र्थापनाको माग राखेर सुर्वणजीको नेतृत्वमा सशस्त्र सङ्घर्ष गर्ने निर्णय ग-यो। २०१८ को अन्त्यतिर नेपाली कांग्रेसले सशस्त्र सङ्घर्ष सुरु गरेको थियो। देशका विभिन्न भागमा स्वतन्त्रताका
सङ्ग्रामी पु्गेका थिए। आन्दोलनको सुरुवात मात्र भएको थियो, भारत र चीनबीच युद्ध सुरु भयो। चीनका परराष्ट्रमन्त्रीको वक्तव्य आयो, “नेपालमाथिको आक्रमण चीनमाथि भएको सम्झिनेछ।” नेपाली कांग्रेसले गम्भीरताका साथ सोचेर यही बहानामा नेपाललाई पनि चीनले तिब्बत बनाउन सक्छ भन्ने ठानी क्रान्ति स्थगित ग-यो।
बीपीले नेपाललाई समाजवादी बाटोबाट अगाडि बढाई नेपाली समाजको सामाजिक न्यायमा आधारित सम्पन्न र शक्तिशाली नेपाल निर्माण गर्न सुरु गर्नुभएको थियो। राजा महेन्द्रको एकाधिकारवादी तानाशाही पञ्चायती शासनले यो वैज्ञानिक समाजविज्ञानमा आधारित विकासको बाटोबाट अघि बढ्ने क्रमभङ्ग गरेको थियो।
२०४६ मा गणेशमानजीको नेतृत्वमा भएको संयुक्त जनआन्दोलन प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भयो। अनि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित राजा, वाम र कांग्रेस सम्मिलित सरकारले एक वर्षभित्र संविधान निर्माण ग-यो र २०४८ मा आमनिर्वाचन गराएको थियो। यो निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आएकाले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेको थियो। यो सरकारले तीस वर्ष पहिले नेपाली कांग्रेसले नै अघि सारेको वैज्ञानिक समाजवादको बाटो विकसित समय–परिस्थितिअनुसार नीति कार्यक्रम निर्माण गरी कार्यान्वयनमा अघि बढ्नुपर्ने थियो तर सोअनुरूप हुन सकेन।
अतः राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि नेपाली जनतामा आर्थिक क्रान्ति आउन अनिवार्य छ। देशभित्रका शक्तिहरूबीच सकारात्मक सहकार्य भई संस्कृति निर्माण र समाजवादी यात्रा तयका लागि बीपीको विचारले आज पनि प्रेरित गरिरहेको छ। २०७९ साल मङ्सिर ४ मा हुने निर्वाचनमा बीपीको विचारलाई अनुसरण गरी कांग्रेसले उम्मेदवार उठाउनु आवश्यक छ। सोअनुसार बाटो नबिराइ अगाडि बढे मात्र राष्ट्रको हित भई कांग्रेस पार्टी अगाडि बढ्नेछ।