• २० असार २०८१, बिहिबार

‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, साउन २१ गते । फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।

फिल्मको ट्रेलरमा पूजा, आकाश र सुनम तोप्देन देख्न सकिन्छ । त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित रहेको यो फिल्मबाट तोप्देनको पहिलो डेब्यु फिल्म हो । फिल्मको कथा यीनै तीन पात्रका बीचमा घुमेको  छ ।

फिल्म एबी इन्टरनेसनलको ब्यानरमा निर्माण गरिएको हो । महेश दवाडीले लेख्नुभएको पटकथामा आधारित फिल्ममा शर्मा, श्रेष्ठ र तोप्देनबाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारको पनि अभिनय रहेको छ ।

फिल्म भदौ १७ गतेबाट सिनेमा हलमा प्रदर्शनमा आउने छ।