• २० असार २०८१, बिहिबार

सिनेमाघरमा तीन नयाँ चलचित्र

blog

काठमाडौँ, साउन २१ गते । सिनेमाघरहरूमा नेपाली चलचित्र ‘म’, हलिउडको ‘बुलेट ट्रेन’ र भारतीय चलचित्र ‘रामराव अन ड्युटी’ प्रदर्शनमा आएका छन्। सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ सस्पेन्स, थ्रिलर चलचित्रमा पर्छ। अस्पतालमा भर्ना हुने एक शङ्कास्पद बिरामी जसले त्यहीँबाटै आपराधिक कार्य गर्छ त्यही आपराधिक कार्यहरूभित्र चलचित्रको कथा बुनिएको छ। चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सञ्जोग रसाइली, निराजन प्रधान, प्रमुख भूमिकामा देखिनुभएको छ। चलचित्रलाई कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको हो।


हलिउड चलचित्र ‘बुलेट ट्रेन’ ब्राड पिटको प्रमुख भूमिका रहेको चलचित्र हो। पाँचजना ‘हत्यारा’ जो आ–आफ्नो मिसन लिएर एउटै रेलमा यात्रा गरिरहेका हुन्छन् उनीहरूकै वरिपरि चलचित्र घुमेको छ। चलचित्रलाई डेभिड लेइचले निर्देशन गर्नुभएको छ। चलचित्रमा ब्राड पिटसँगै जोय किङ, कारेन फुकुहारा, आरोन टेलर जोनसनलगायतको भूमिका रहेको छ। 

दक्षिण भारतीय फिल्म ‘रामराव अन ड्युटी’ पनि आजै प्रदर्शनमा आएको छ। चलचित्रमा रवि तेजा एउटा असर प्रहरी अधिकृतको भूमिकामा देखिनुभएको छ। सरत माण्डवाले चलचित्रलाई निर्देशन गर्नुभएको हो। चलचित्रमा रवि तेजासँगै रजिसा विजायान, दिव्यांशा कोशिकलगायतको अभिनय रहेको छ। यस्तै पहिला नै प्रदर्शन भइसकेको चलचित्र ‘चपली हाइट ३’ सिनेमाघरहरूमा पुनः प्रदर्शनमा आएको छ। चलचित्रमा अर्पण थापा र स्वस्तिमा खड्का प्रमुख भूमिकामा देखिनुभएको छ।