• १३ साउन २०८१, आइतबार

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा ढकाल

blog

छविलाल पाण्डे 

बुटवल, साउन २० गते । लुम्बिनी प्रदेश सरकारको पहिलो विश्वविद्यालय लुम्बिनी प्राविधिक विश्वविद्यालयलको उपकुलपतिमा विनोद ढकाल नियुक्त हुनुभएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको लुम्बिनी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले बताउनुभयो । 

गणित विषयका प्राध्यापक ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलारका स्थायी बासिन्दा हुनुहुन्छ । प्रदेश सरकारले बाँकेको खजुरामा प्राविधिक विश्वविद्यालय स्थापनाका लागि जग्गा व्यवस्थापनको आवश्यक तयारी गरेको छ ।

विश्वविद्यालय स्थापना भए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अझै भन्न सक्ने अवस्था नरहेको नवनियुक्त उपकुलपति ढकालले बताउनुभयो । त्यसैगरी प्रदेश सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको अनुगमन अधिकृतमा ६ महिनाका लागि पत्रकार टङ्क सुनारलाई नियुक्त गरेको छ ।