• १५ असार २०८१, शनिबार

प्रा.डा. सुवेदीलाई हल विश्वविद्यालयको महाविद्यावारिधि

blog

प्रा.डा. सूर्यप्रसाद सुवेदी ।

लन्डन, साउन १६ गते । बेलायतको हल विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वाेच्च उपाधि मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ । हल विश्वविद्यालयमा भएको भव्य दीक्षान्त समारोहबीच विश्वविद्यालयले प्रा.डा. सुवेदीलाई उपाधि प्रदान गरेको हो । 

प्रा.सुवेदीलाई दुई वर्षअघि नै सन् २०२० उक्तविश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभिड–१९ को कारणले रोकिएको थियो । उक्त विश्वविद्यालयकी कूलपति व्यारोनेस भर्जिनिया बटमलिले प्रा.सुवेदीलाई महाविद्यावारिधिको उपाधि प्रदान गर्नुभएको हो । उहाँले प्रा. सुवेदीको सम्मानमा रात्री भोजको समेत आयोजना गर्नुभएको थियो । 

प्रा. सुवेदीले सन् १९८८ मा उक्त विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भै कानूनमा स्नातकोत्तर गर्नुभएको थियो । हालैमात्र उक्त विश्वविद्यालयले प्रा. सुवेदीको नाममा आधुनिक प्रकारका दास प्रथा उन्मूलन र मानवको मानव भएर बाच्न पाउने विषयमा संसारमा जो सुकैले लेखेको उत्कृष्ट ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कार पनि स्थापना गरेको थियो ।