शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शंकर केसी
सल्यान, वैशाख २७ गते । छत्रेश्वरी गाउँपालिका–७ निवासी ४१ वर्षीय गोविन्द भण्डारी भारतबाट घर फर्कने क्रममा नौ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।
रोजगारका सिलसिलामा भारतमा रहँदै आउनुभएका भण्डारी यही वैशाख १९ गते भारतको किनौर जिल्लाबाट घर फर्किने भन्दै हिँड्नुभएको थियो । त्यसयता उहाँ परिवारको सम्पर्कमा आउनुभएको छैन ।
उहाँकी श्रीमती तेजी बस्नेत भण्डारीका अनुसार घर फर्किने जानकारी दिएपछि गोविन्दसँग सम्पर्क टुटेको हो । नौ दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवार चिन्तित बनेको छ ।
श्रीमती तेजिले श्रीमान्को खोजीका लागि सबैसँग सहयोगको अपिल गर्नुभएको छ । सम्पर्कविहीन भण्डारीलाई कसैले देखेमा वा कुनै जानकारी प्राप्त भएमा ९७४३३५६७५६ वा ९७४६२८३४०३ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।