• १३ साउन २०८१, आइतबार

गठबन्धनको विकल्प खोजिदैन : अध्यक्ष दाहाल

blog

काठमाडौं, साउन १२ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो ।

उहाँले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताउनुभएको थियो । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण नेकपा ९एमाले०सँग गठबन्धन हुने ‘च्याप्टर क्जोज’ भएको अध्यक्ष दाहालको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौं, यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ ।” बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको साङ्गठनिक जीवन एवम् अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवर्द्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताउनुभएको थियो । नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रबार बिहान बस्ने गरी स्थगन भएको छ ।