• ७ जेठ २०८१, सोमबार

पाल्पाको लघुवामा बस दुर्घटना : छ जनाको मृत्यु, १७ घाइते

blog

रेखीराम राना
पाल्पा, साउन ८ गते ।
पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ ।

आइतबार साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छजना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट तल खसेको थियो ।

अध्यक्ष पोखरेलका अनुसार दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य जारी छ ।