• १३ साउन २०८१, आइतबार

बुढाथोकीको ‘बाउ’ उपन्यास विमोचन

blog

काठमाडौं, साउन ८ गते । संखुवासभाका साहित्यकार एवं शिक्षक ताराबहादुर बुढाथोकीको ‘बाउ’ नामक उपन्यास विमोचन भएको छ । शनिबार बुढाथोकीको आख्यान कृति ‘बाउ’ नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिष्ठानमा उपकुलपति डाक्टर जगमान गुरुङले विमोचन गर्नु भयो । 

प्रमुख अतिथि गुरुङले बुढाथोकीको ‘बाउ’ उपन्यासमार्फत संखुवासभा र त्यस आसपासको संस्कृति र इतिहासलाई सुन्दर ढंगले पस्किएको बताउनुभयो । कार्यक्रममा बुढाथोकीको कृति बाउको विषयमा डा.अम्बिका अर्याल, प्रा.डा. झमक शर्मा, प्रा.डा. हेमचन्द्र शर्मा र प्राज्ञ लक्ष्मी मालीले टिप्पणी गर्नुभएको थियो । 

कृतिकार बुढाथोकीले आफूले ६ महिनाकै उमेरमा आमा गुमाएको भन्दै आमा र बुबा दुवैबाट पाउने माया र अभिभावकत्व बाबुबाट पाएको बताउनुभयो ।  पेशाले माध्यमिक द्धितिय तहको शिक्षक रहेका बुढाथोकीको ‘बाउ’ आठौं तथा उपन्यासमा दोस्रो कृति हो । नेपाल सरकारबाट २०७४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कारसमेत प्राप्त गरिसकेका बुढाथोकी मकालु साहित्यिक समाज संखुवासभाका अध्यक्षसमेत हुन् ।

संखुवासभा कलाकार चौतारीले आयोजना गरेको कार्यक्रमको अध्यक्षता इतिहास तथा संस्कृतिविद् प्रा.डा. रमेश ढुङगेलले गर्नुभएको थियो ।