• ७ मंसिर २०८१, शुक्रबार

मौद्रिक नीति सार्वजनिक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, साउन ६ गते । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अपराह्न ४ बजे  मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखापरेको तथा सरकारले चालु आर्थिक वर्षको बजेटमा लिएका नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर केन्द्रीय बैंकले नीति सार्वजनिक गरेको हो ।