शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २४ गते । मच्छिन्द्र क्लब एन्फा राष्ट्रिय लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई २–० गोलले हरायो ।
मच्छिन्द्रको जितमा जोनाथन इडुआर्डो क्यान्टिल्लाले ३२औँ र दोस्रो हाफको अन्तिममा दुई गोल गर्नुभयो । जितसँगै मच्छिन्द्रले आठ खेलबाट १९ अङ्क बनाएको छ । पराजित जावलाखेलको समान खेलमाट नौ अङ्क छ ।
यस्तै आइतबार नै भएको अर्को खेलमा संकटा र लालीगुँरास एसोसिएसन क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । १३ टोली सहभागि लिगको विजेताले १५ लाख रुपियाँ पुरस्कार पाउनेछ ।