शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारद कोहार
कपिलवस्तु, फागुन २२ गते । कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले अग्रता लिनुभएको छ । शाहले ५ हजार १०४ मतसहित अग्रता लिनुभएको हो । उहाँलाई नेकपा (एमाले) का उम्मेदवार वीरेन्द्र कनौडियाले पछ्याइरहनुभएको छ ।
कनौडियाले ३ हजार ७७५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश रजौरियाले ३ हजार ६५६ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।