• २२ फागुन २०८२, शुक्रबार

झापा–४ मा रास्वपाको अग्रता

blog

झापा–४ मा मतगणना हुँदै ।

लीलाराज खड्का 

बिर्तामोड, फागुन २२ गते । झापाको क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिनुभएको छ । झापाका कुल २८ वडा मध्ये गौरीगञ्ज–१ को मतपरिणाम सार्वजनिक भएको छ । जसमा रास्वपाका सम्भुप्रसादले १७७५ मत प्राप्त गर्नुभयो । 

उहाँका निमत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका लालप्रसाद साँबाले ५७९ मत प्राप्त गर्नुभएको छ । ढकाल ११९६ मतले अग्रता बनाउनुभएको हो । 

यसैगरी झापा–४ मा नेपाली कांग्रेसका देउकुमार थेबेले ४५२ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका पुरुषोत्तम चुडाल राजुले ११८ मत प्राप्त गर्नु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले ७९ मत प्राप्त गर्दा श्रम सस्कृति पार्टीकी अमृता राईले १९४ मत प्राप्त गर्नुभएको छ । यस वार्डमा जम्मा ३५३४ मत खसेकोमा २६८ मत बदर भएको झापा क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत भीमप्रसाद भुर्तेलले बताउँनुभयो । 

यस क्षेत्रमा कुल एक लाख ३० हजार ७१२ मतदाता रहेकोमा ८३ हजार ४ सय ६६ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १६  निर्वाचनमा सहभागि रहनुभएको छ ।