शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, फागुन २२ गते। नवलपुरका दुबै निरणवाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर १ मा रास्वपाका राजन गौतमले २ हजार ६७ मतसहित अग्रता लिनु भएको हो।
नेपाली काँग्रेसका बालकृष्ण घिरमरेले ६ सय २० मत प्राप्त गर्नु भएको छ। नेकपा एमालेका भागिरथ सापकोटाले एक सय ५४ र नेकपाका लोकप्रसाद भु्तर्तेलले ४७ मत पाउनु भएको छ।
यहाँ नेपाली कांग्रेसका डा शशांक कोइरालाले चार पटक चुनाव जित्नु भएको थियो। यहाँ ५२ हजार ९५ मत खसेको थियो।
त्यस्तै क्षेत्र नम्बर २ मा रास्वपाका मनिष खनालले अग्रता लिनु भएको छ। ताजा अवस्थामा उहाँले ७ सय ४२ मत प्राप्त गर्नु भएको छ। यहाँ एमालेका तिलक महतले ४ सय ८२ र कांग्रेसका ओम बहादुर घर्तीले दुईसय ८२ मत पाउनु भएको छ। यहाँ ५१ हजार ६४३ मत खसेको थियो।