• २२ फागुन २०८२, शुक्रबार

दोलखामा दिउँसो ३ बजेबाट मतगणना

blog

बाबुराम शर्मा 

दोलखा, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत निर्वाचन एक क्षेत्र रहेको दोलखामा दिउँसो ३ बजेबाट मत गणना सुरु हुने भएको छ । 

बिहान ११ बजे बसेको सर्वदलीय बैठकबाट ३ बजेबाट मत गणना सुरु हुने सहमति भएपछि मत गणना सुरु हुने भएको सहायक मुख्य निर्वाचन अधिकृत अन्चन भट्टराईले जानकारी दिनुभयो । 

मत गणनाका लागि सिसी टिभीसहितको सुरक्षित स्थल तयार भइसकेको छ । सर्वदलीय बैठक सम्पन्न भएलगत्तै मत गणना गर्ने तयारी भइरहेको छ । 

नजिता अनुसार यहाँ कुल मतदाता एक लाख ७० हजार ३२१ रहेकोमा– महिला ३९ हजार २४ र पुरुष ४५ हजार ४५७ गरी ८४ हजार ४८१ मत खसेको छ ।