• १६ चैत २०८२, सोमबार

इलाम-२ को गणना सुरु

blog

इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा सुरु गरिएको मतगणना । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन २२ गते । इलाम-२ मा मतगणना कार्य सुरु भएको छ । पहिलो चरणमा चुलाचुली गाउँपालिका-६ बाट गणना सुरु गरिएको छ ।

अहिले चुलाचुली-६ का चार वटा मतपेटिका खोलिएका छन् । इलाम-२ मा आज बसेको सर्वदलीय बैठकले पहिला एउटा पालिकाको एउटा वडा गणना सक्ने र त्यसपछि अर्को वडाको गणना गर्ने तथा सम्बन्धित पालिकाको सकिएपछि मात्र अर्को पालिकातर्फको गणना सुरु गर्ने निर्णय गरेको छ ।

इलाममा यस पटक कुल १ लाख ३१ हजार ३४४ मत खसेको छ भने इलाम-२ मा ६७ हजार ६४८ मत खसेको छ ।

यसैगरी इलाम-१ मा पनि मतगणना कार्य हुने तयारीमा छ । इलाम-१ मा ६३ हजार ६९६ मत खसेको छ ।