• २२ फागुन २०८२, शुक्रबार

सर्लाहीको क्षेत्र नं.२, ३ र ४ को मतगणना सुरु

blog

सर्लाही क्षेत्र नं. ४ मा सुरु भएको मतगणना । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री 

सर्लाही, फागुन २२ गते । सर्लाहीमा क्षेत्र नं. २, ३ र ४ को मतगणना सुरु भएको छ ।

क्षेत्र नं. १ मा भने मतगणना सुरु गर्ने अन्तिम तयारी भइरहेको निर्वाचन अधिकृत टीकाबहादुर थापाले जानकारी दिनुभयो ।क्षेत्र नं.१ मा बिहान ११ बजेपछि मतगणना सुरु गर्ने निर्णय भए बमोजिम उम्मेदवारका प्रतिनिधि भेला हुनेक्रम सुरु भएको छ ।

 अन्य तीनवटा निर्वाचन क्षेत्रमा बिहान १० बजेपछि मतगणना सुरु भएको हो । क्षेत्र नं. २ को जिल्ला समन्वय समितिको भवन मलङ्गवा, क्षेत्र नं। ३ को नापी कार्यालय हरिवन र क्षेत्र नं. ४ को वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता बजारमा मतगणना प्रारम्भ भएको हो ।

 चारवटै निर्वाचन क्षेत्रमा बिहानैदेखि मतगणना सुरु गर्ने भनिए पनि दल तथा उम्मेदवारका प्रतिनिधि आउन ढिलो भएकाले समय पछि धकेलिएको हो । बिहीबार जिल्लाभरका ६२८ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो । 

निर्वाचन अधिकृतहको कार्यालयले दिएको विवरण अनुसार सर्लाही जिल्लाभर पाँच लाख ११ हजार ६०६ मतदातामध्ये तीन लाख १७ हजार ८११ जना अर्थात् ६२.१२ प्रतिशतले मतदान गरेका छन् ।