• १६ चैत २०८२, सोमबार

बागलुङ–१ मा ११ बजेदेखि मतगणना हुने

blog

बागलुङ क्षेत्र नम्बर १ को मतगणना शुरूवात गर्नका लागि बसेको सर्वदलिय बैठक । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २२ गते ।
बागलुङ क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ । केही समयअघि सम्पन्न भएको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको हो ।

भर्खरै सर्वदलीय बैठक सक्यौं, बिहान ११ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका प्रमुख सिता शर्मा अधिकारीले बताउनुभयो ।

यो क्षेत्रमा नेपाली कांग्रेसका भीम श्रीस, नेकपा एमालेका हिरा केसी, राजमोका कृष्ण अधिकारी, रास्वपाका सुशिल खड्का, राप्रपाका कल्याण विक्रम आचार्य र नेकपा माओवादीका आजाद सी उम्मेदवार हुनुहुन्छ ।