नारद कोहार
तौलिहवा (कपिलवस्तु), फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना कार्य सुरु भएको छ । मतगणना स्थलमा दुई वटा कोठामा छुट्टाछुट्टै रूपमा मत गन्ने व्यवस्था मिलाएर गणना थालिएको निर्वाचन अधिकृतको गणेश गौतमले बताउनुभयो ।
कपिलवस्तु क्षेत्र नम्बर १ मा कुल एक लाख ४७ हजार ६ सय ५९ मतदाता रहेकोमा ९२ हजार ४ सय ९४ मत खसेको छ, जुन कुल मतदाताको ६२.६४ प्रतिशत हो । हाल शुद्धोधन गाउँपालिका वडा नम्बर ३, गुलरीको मतगणना सुरु गरिएको छ ।
क्षेत्र नंं २ मा एमालेबाट विश्राम चौधरी, नेपाली कांग्रेसबाट अतहर कमाल मुसलमान, नेकपाबाट कृष्ण कुवँर, रास्वपाबाट मोहन आचार्य र स्वतन्त्रबात अषिश शर्मा लगायतका उम्मेदवार रहनुभएको छ ।
यसैगरी, कपिलवस्तु क्षेत्र नंं २ को पनि मतगणना सुरु भएको छ । कपिलवस्तु नगरपालिकाको सभा हालमा आज बिहान १० बजेदेखि मतगणना सुरु भएको हो ।
क्षेत्र नं. २ अन्तर्गत कपिलवस्तु नगरपालिकाको वडा नंं १ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रमेश शर्मा पौडेलले बताउनुभयो ।
कपिलबस्तु क्षेत्र नं. २ मा नेकपा एमालेबाट दृर्ग नारायण पाण्डेय, नेपाली कांग्रेसबाट सुरेन्द्र राज आचार्य, नेकपाबाट बृजेश कुमार गुप्ता, रास्वपाबाट विक्रम सिंह थापा लगायतका उम्मेदवार रहनुभएको छ ।