• १६ चैत २०८२, सोमबार

सिरहा–४ मा रास्वपाका यादवको सुरुआती अग्रता

blog

सुरुआती अग्रता लिएका रास्वपाका उम्मेदवार तपेश्वर यादव । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, फागुन २२ गते ।
सिरहाका चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ भने निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादवले सुरुआती अग्रता लिनुभएको छ।

निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार सिरहा–४ अन्तर्गत कल्याणपुर नगरपालिका वडा नम्बर ३ को मत परिणामअनुसार ९४६ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ४९४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर यादवले १४७ मतसहित पछ्याइरहनुभएको छ।

बाँकी निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु गर्ने अन्तिम तयारी पूरा भएको छ भने निर्वाचन क्षेत्र नम्बर २ र ३ मा मतगणनाका लागि सर्वदलीय बैठक सम्पन्न भएलगत्तै गणना सुरु गरिने प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो।