• २२ फागुन २०८२, शुक्रबार

काठमाडौँ –१ मा रास्वपाको फराकिलो मतान्तरको अग्रता

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि रन्जु दर्शना

काठमाडौँ, फागुन २२ गते । काठमाडौँ प्रतिनधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि रन्जु दर्शना फराकिलो मतान्तरका साथ अग्रस्थानमा हुनुहुन्छ ।

काठमाडौँ –१ का मुख्य निर्वाचन अधिकृत चरामन खड्काका अनुसार हालसम्म रास्वपाकी दर्शनाले १२ हजार ७८ मत प्राप्त गर्नुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले पाँच हजार २१६ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले) का मोहनराज रेग्मीले ९८४ मत प्राप्त गर्नुभएको छ ।

उहाँले अहिलेसम्म काठमाडौं १ मा २३ हजार २२७ मतगणना भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मतगणना जारी छ । किरब एक, डेढ घण्टामा अन्तिम परिणाम औपचारिक रुपमा घोषणा हुन्छ ।’’

उहाँका अनसार यस क्षेत्रमा अझै ८ हजार मतगणना हुन बाँकी छ ।