शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजकुमार भट्टराई
खोटाङ, फागुन २१ गते । फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा ४३ प्रतिशत मत खसेको छ। एउटा प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा ३० हजार ३५ जना महिला र ३३ हजार जना पुरुष गरि ६३ हजार ३५ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाभर १ सय ३६ मतदानस्थल, १९५ स्थायी र २ अस्थायी मतदान केन्द्र रहेका थिए । जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृत फणिन्द्र पराजुलीले जानकारी दिनुभयो । जिल्लामा १ लाख, ४७ हजार १ सय २० मतदाता रहेका छन् ।
मतदानस्थलबाट मतपेटिका जिल्ला सदरमुकाम दिक्तेलतर्फ हिँडाइसकिएको छ । २२ गते बिहानसम्म सबै ठाउँबाट मतपेटिका आइपुग्ने बताइको छ । नजिकै रहेका मतदान स्थलबाट मतपेटिका आउन थालेका छन् ।