नेत्र शाही
जुम्ला, फागुन २१ गते । जुम्लामा ५७.४४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जुम्लामा महिला २१ हजार एक सय ४६ जना, पुरुष : २० हजार ६४ जना मतदाता गरि जम्मा रु ४१ हजार दुई सय १० मत खसेको हो । कार्यालय प्रमुख दिपेन्द्र कँडेलका अनुसार जिल्लाका ११० वटा मतदान केन्द्रबाट आएको प्रतिवेदनका अनुसार सो मत खसेको जानकारी दिनुभयो
जुम्लामा शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलका अनुसार जुम्लाको निर्वाचन शान्तिपुर्ण र उत्साहपूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले निर्वाचन प्रक्रियामा राजनैतिकदल, सरकारी निकायदेखि सबै तहको सहयोगमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो । उहाँले अव मुचुल्का उठाएर सदरमुकामतिर ल्याईंदै गरिएको जानकारी दिनुभयो ।
जुम्लामा ७१ हजार सात सय ३९ जना मतदाता रहेका थिए ।