• १३ साउन २०८१, आइतबार

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त

blog

काठमाडौं, साउन ४ गते । नेपाली कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।

बुधबार सभापति देउवाले आफूलाई कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको यादवले गाेरखापत्र अनलाइनलाई जानकारी दिनुभयाे 

त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको उहाँले बताउनुभयाे ।  

यसअघि प्रमुख सचेतक रहनुभएका बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि सो पद रिक्त थियो ।

त्यस्तै, सचेतक रहनुभएका पुष्पा भुसाल प्रतिनिधिसभाकाे उपसभामुखमा नियुक्त हुनुभएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।