• २१ फागुन २०८२, बिहिबार

धनकुटामा शान्तिपूर्ण रूपमा मतदान सुरु

blog

धनकुटामा शान्तिपूर्ण रूपमा मतदान सुरु। तस्बिर :कविराज घिमिरे

कविराज घिमिरे
हिले, फागुन २१ गते ।
धनकुटामा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो।

जिल्लाका ११९ मतदान स्थलअन्तर्गत १६६ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो। जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाताले मतदान गर्नेछन्।

प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। धनकुटाका मतदान केन्द्रहरूलाई ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिमैत्री बनाइएको छ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला लगायतलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो।