शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २१ गते । नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित दुई प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले प्राडा ताराकान्त पाण्डे र प्रा. खेमराज जोशीलाई उक्त पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । पुरस्कारका साथ नगद राशि जनही ५०÷५० हजार रुपियाँसमेत प्रदान गरिने छ । नइ एकेडेमीले आयोजना गर्ने नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका अवसरमा सम्बन्धित परिवारका सदस्यलाई उक्त पुरस्कार प्रदान गरिने जनाएको छ ।