• २१ फागुन २०८२, बिहिबार

क्युएफएक्सका हल एक दिन बन्द

blog

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा एक दिन क्युएफएक्स अन्तर्गतका चलचित्र हल बन्द हुने भएका छन् । मल्टिप्लेक्स चेन क्युएफएक्सले फागुन २१ गते चलचित्र हल बन्द हुने जनाएको छ । 

“फागुन २१ गते हुने निर्वाचनलाई सहजीकरण गर्न क्युएफएक्सका सबै हल बन्द रहने छन्,” क्युएफएक्सले सूचना जारी गर्दै भनेको छ, 

“हाम्रा सबै कर्मचारीलाई मतदान गर्न प्रोत्साहन गरिएकाले केही स्थानका हलको सेवा मुख्य गरेर दुई दिन प्रभावित हुने छ ।” 

हलमा आउनुअघि क्युएफएक्सको आधिकारिक एप वा वेबसाइट हेर्न आग्रह गरिएको छ । हाल नेपाली चलचित्र घरमा तीन वटा नेपाली चलचित्र ‘रमिताको पिरती’, ‘आ बाट आमा’ र ‘परवासी जीवन’ लगायत आठ वटा चलचित्र प्रदर्शनमा छन् ।