• २० फागुन २०८२, बुधबार

बाँकेमा मतदान केन्द्र व्यवस्थापन

blog

बाँकेको एक मतदान केन्द्र ।

सिराज खान

नेपालगन्ज, फागुन २० गते । बिहीबार हुने मतदानका लागि बाँकेको नेपालगन्जसहित कोहलपुर, खजुरा र सबै पालिकामा मतदान केन्द्र व्यवस्थापनको कार्य धमाधम भइरहेको छ ।

मतदान केन्द्र व्यवस्थापनमा नेपाल प्रहरी, म्यादी प्रहरी तथा निर्वाचन आयोगबाट खटिएका कर्मचारी सक्रिय भएर लागेका छन् । बाँकेका तीनवटै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा केन्द्र व्यवस्थापन कार्य बुधबार बिहानैदेखि सुरु भएको र अहिले पनि जारी रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले बेलुकीसम्म सबै मतदान केन्द्रको व्यवस्थापन पूरा गरेर मतदानका लागि तयार पारिने कार्यतालिका अनुसार नै काम भइरहेको बताउनुभयो । उहाँले मतदान केन्द्र व्यवस्थापनमा विभिन्न दलका प्रतिनिधिले पनि सहयोग गरिरहेको जानकारी दिनुभयो ।