• २० फागुन २०८२, बुधबार

दाङ निर्वाचन–१ को मतगणना तयारी पूरा

blog

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना तयारी पूरा ।

दिवाकर पोख्रेल

देउखुरी , फागुन २० गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना तयारी पूरा गरिएको छ । 

मतगणनाका लागि लमहीस्थित लमही नगरपालिकाको कार्यालय भवनको तेस्रो तल्लामा स्थान तय गरिएको छ ।

 मतगणना कार्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको दाङ निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । 

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रवेश स्थल वरिपरि तारजाली लगाएर व्यवस्थित बनाइएको छ । 

मतगणना कार्य निर्वाचन सम्पन्न भएपछि निर्धारित समय अनुसार सुरु गरिने दाङ निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन कार्यालयले जनाएको छ ।