दमक, फागुन १८ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ। दमक –४ मा रहेको एक्सन फुट वयेरमा काम गर्ने २५० भन्दा बढी मजदुरलाई उहाँले प्रत्यक्ष भेट गर्नुभएको हो।
सो अबसरमा उहाँले यहाँको उत्पादनको प्रकार, स्थिति र बजारको सम्भावनाबारेमा अध्यक्ष ओलीले जानकारी लिनुभयो । सञ्चालक चुडामणि कार्कीले यहाँ उत्पादन भएका जुत्ता चप्पल नेपालभर बितरण गर्नेगरेको र मागअनुसार अझै उत्पादन बढाउन नसकिएको अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै बजार बढाउने र रोजगारी सिर्जना गर्ने काममा आफू लागिपर्ने सो अबसरमा अध्यक्ष ओलीले बताउनुभयो ।
आसन्न निर्वाचनका लागि प्रचारको अन्तिम दिन उहाँले आज स्थानीय उद्योग र त्यहाँ काम गर्ने मजदुरसँग भेट गर्नुभएको हो। झापा ५ बाट प्रत्यक्षतर्फको उम्मेदवार रहनुभएका अध्यक्ष ओली अहिले चुनावी अभियान अन्तर्गत घरदैलोमा व्यस्त रहनुभएको छ। आज उहाँ झापा ५ का विभिन्न स्थानमा जाने र मतदाता भेट्ने काममा सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ।
