• १३ फागुन २०८२, बुधबार

प्रधान सेनापतिद्वारा निर्वाचन सुरक्षाबारे स्थलगत जानकारी

blog

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल उदयपुरको बेल्टारस्थित अस्थायी सैनिक क्याम्पमा जानुहुँदै ।तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, फागुन १३ गते  । आगामी २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुरको समग्र शान्तिसुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल उदयपुर आउनुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले पूर्वी पृतना इटहरी भ्रमणको व्रmममा प्रधान सेनापति सिग्देल उदयपुर आइपुग्नुभएको हो । प्रधान सेनापति सिग्देलले चौदण्डीगढी नगरपालिकामा केन्द्रित भई सुरक्षा अवस्थाबारे विस्तृत जानकारी लिनुभएको हो । 

सो अवसरमा नेपाली सेनाले निर्वाचनलक्षित सुरक्षा तयारी, चुनौती तथा अपनाइएका रणनीतिबारे जानकारी गराएको पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्कीले बताउनुभयो । 

प्रधानसेनापति सिक्देलले जिल्लाको शान्तिसुरक्षाको बारेमा जानकारी लिएको र चुनावमा नेपाली सेनाले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा आवश्यक निर्देशनसमेत दिनुभएको सेनानी कार्कीले बताउनुभयो । प्रधान सेनापति सिग्देलले सुरक्षा निकायलाई निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन, आपसी समन्वय बलियो बनाउन तथा नागरिकमा सुरक्षा प्रत्याभूति दिलाउने गरी कार्य गर्न निर्देशन दिनुभएको छ । उहाँले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायको भूमिका महìवपूर्ण रहने उल्लेख गर्दै जिम्मेवारीप्रति सचेत र सव्रिmय रहन आग्रह गर्नुभएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा ५२ मतदान स्थल र १६० मतदान केन्द्र रहेका छन् भने क्षेत्र नं. २ मा ५१ मतदान स्थल र ११५ मतदान केन्द्र रहेका छन् । यसरी जिल्लाभर कुल १०३ मतदान स्थल र २७५ मतदान केन्द्रमार्फत फागुन २१ गते मतदान सञ्चालन हुने तयारी गरिएको सबै मतदान स्थलमा नेपाली सेनाले भरपर्दाे सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । 

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन गाईघाटस्थित पशुपतिप्रसाद गणको नेतृत्वमा जिल्लाका आठ वटै पालिकाका १६ स्थानमा नेपाली सेनालाई परिचालन गरिएको प्रमुख सेनानी कार्कीले बताउनुभयो ।