• १३ फागुन २०८२, बुधबार

स्पार्क हेल्थ होमको वार्षिकोत्सवमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम

blog

काठमाडौँ, फागुन १३ गते । कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले ३४ औं वार्षिकोत्सव मनाएको छ । प्राकृतिक चिकित्सा तथा फिजियोथेरापीसम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले निःशुल्क हाडजोर्नी, नशासम्बन्धी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेर ३४ औँ वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । यस्तै, ६० जना बिरामीले निःशुल्क सेवा र परामर्श लिएका थिए ।

अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले अस्पतालमा दैनिक दुई सय जना बिरामी ओपिडीमा आउने गरेको जानकारी दिनुभयो । उहाँले तीमध्ये दैनिक ३० जना बिरामीहरु अस्पताल भर्ना हुने गरेको बताउनुभयो ।

अस्पतालका निर्देशक रुपेश अधिकारीले पछिल्लो समय बिरामीहरुमा प्राकृतिक चिकित्साप्रति आकर्षण बढीरहेको जानकारी दिँदै एलोपेथिक उपचारमा ठिक नभएका बिरामीहरुका लागि प्राकृतिक उपचार वरदान सावित हुने गरेको बताउनुभयो । अस्पताल आउने बिरामीहरु पूर्ण रुपमा ठिक भएर डिस्चार्ज हुने गरेको अधिकारीको भनाइ छ ।

उहाँले अस्पतालमा हाडजोर्नीको समस्या, नशा च्यापिएको, प्यारालाइसिस, हड्डी खिइएकोे, डिस्क प्रोल्याप्स, बाथ, यूरिक एसिड लगायतका उपचार हानीरहित विभिन्न थेरापी, मसाज तथा अन्य प्राकृतिक विधिमार्फत गर्ने गरेको बताउनुभयो ।

डा. केसी उत्कृष्ट कर्मचारी घोषित

यसैबिच, वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष दिँदै आएको उत्कृष्ट कर्मचारी पुरस्कार यस वर्ष अस्पतालमा सुरुका दिनदेखि कार्यरत प्राकृतिक चिकित्सक डा. गिता केसीलाई प्रदान गरिएको छ । उहाँलाई अस्पतालका प्रबन्ध निर्देशक हरि शरण रिजालले ११ हजार नगदसहित प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो ।