• १२ फागुन २०८२, मङ्गलबार

सञ्चार मन्त्रालयका सचिव बस्नेतद्वारा गोरखापत्र संस्थानको अवलोकन निरीक्षण (फोटो फिचर)

blog

गोरखापत्र संस्थानको अवलोकन भ्रमणमा मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत । तस्बिरः सागर बस्नेत, मनोजरत्न शाही, केशब गुरुङ ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले गोरखापत्र संस्थान प्रकाशन गृहको आज स्थलगत अनुगमन निरीक्षण गर्नुभएको छ । 

गोरखापत्र डिजिटल डेको कार्यक्रम सम्पन्न गरी उहाँले संस्थान भवन, प्रकाशन कक्षहरुको स्थलगत अनुगमन निरीक्षण गर्नुभएको हो । उहाँको साथमा मन्त्रालयका उपसचिव तथा गोरखापत्र सञ्चालक समितिका सदस्य सुरथ पोखरेलले पनि अनुगमन निरीक्षण गर्नुभयो । 


मन्त्रालयका सचिव र उपसचिवलाई संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारी (अखण्ड) र महाप्रबन्धक लालबहादुर ऐरीले ब्रिफिङ गर्दै संस्थानको वस्तुगत जानकारी गराउनुभयो । मन्त्रालयका सचिव बस्नेतले गोरखापत्र संस्थानको प्रकाशन गोरखापत्र दैनिक, राइजिङ नेपाल अंग्रेजी दैनिक, गोरखापत्र अनलाइन डट कम, राइजिङ नेपाल डेली डट कम, मासिक प्रकाशन मधुपर्क, युवामञ्च, मुनाको प्रकाशन कक्ष, अफसेट प्रेस, संस्थानको भवनको उहाँले अवलोकन गर्नुभयो । 

सो अवसरमा सञ्चालक समितिका सदस्यद्वय सुरथ पोखरेल, लक्की चौधरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, राइजिङ नेपाल दैनिकका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, गोरखापत्र संस्थानका प्रवक्ता ताराबहादुर बस्याल, डिजिटल प्रमुख नारदमुनि गौतम, गोरखापत्र एकेडेमीका निर्देशक केदार भट्टराई लगायतको सहभागिता थियो ।