शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १२ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेड क्लबसँग पराजित भएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई २–१ गोलले हरायो । चर्च ब्वाइजलाई जिताउन अबायोमी फाकुन्ले र रोहन कार्कीले गोल गर्नुभयो । आर्मीका लागि नवयुग श्रेष्ठले सान्त्वना गोल फर्काउनुभयो ।
जितसँगै ६ खेलबाट १३ अङ्क बनाएको चर्च ब्वाइज अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलका दोस्रो हार खेपेको आर्मी ११ अङ्कसहित सातौँ स्थानमा छ । १३ टोली सहभागी लिगको विजेताले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।