• १२ फागुन २०८२, मङ्गलबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

blog

काठमाडौँ, फागुन  १२ गते ।  आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १३ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५९५ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  रासस