शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन १२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये हालसम्म ३० उम्मेदवारले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैङ्क खाता खोलेका छन् ।
निर्वाचन क्षेत्र नं. १ मा आठ, निर्वाचन क्षेत्र नं. २ मा १३ र निर्वाचन क्षेत्र नं. ३ मा नौ जना उम्मेदवार गरेर ३० जनाले बैङ्क खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सर्वोदय उपाध्यायले निर्वाचन खर्च परियोजनाका लागि हालसम्म जिल्लामा ३० उम्मेदवारले मात्र बैङ्क खाता खोलेको जनाउँदै १० जनाले खाता खोल्ने सिफारिस लिएर गएको बताउनुभयो ।