• १२ फागुन २०८२, मङ्गलबार

मगर दिवसमा गुल्मीका दुई स्थानीय तहमा सार्वजनिक बिदा

blog

कालीगण्डकी गाउँकार्यपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे 
तम्घास, फागुन ११ गते।
फागुन १५ गते मगर दिवसका दिन गुल्मीका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जनाएका छन् ।

अध्यक्ष स्तरको सोमबारको बैठकबाट मगर दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय भएको कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीले जानकारी दिनुभयो । उक्त दिन गाउँकार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालयहरू, शिक्षण सस्थालगायतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।

स्थानीय कला संस्कृति परम्परालाई संरक्षण गर्नु पालिकाको दायित्व भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो ।