• ११ फागुन २०८२, सोमबार

लागुपदार्थ सेवन गरी सवारी चलाउने चालक सहचालक प्रहरी नियन्त्रणमा

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन ११ गते ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउँदै गरेका चार जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय तथा म्याग्दी कोरला यातायात प्रालिको सहयोगमा भएको लागुपदार्थ सेवन परीक्षण गर्दा चार जना चालकहरु लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रहरीले रघुगंगा गाउँपालिका ६ का २२ र्वािय सुसन सुनार, भीमपोखरी गाउँपालिका ७ काभ्रेका २२ वर्षीय मिलन भुजेल, पुतलिबजार नगरपालिका १३ स्याङ्जाका २८ वर्षीय बिज्ञान थापा र भीमेश्वर नगरपालिका ७ दोलखाका २० वर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार लागुपदार्थ सेवन गरी सवारी चलाएकाहरुको आवश्यक अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि आवश्यक कारबाही गरिने उहाँको भनाइ छ । १५ जना सवारी चालकहरुको परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिए पछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनइ छ ।