बिकास अधिकारी
पश्चिम नवलपरासी, फागुन ९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सुशासन कायम गर्दे हिन्दु राष्ट्र पुर्नस्थापनाको लागी राप्रपालाई भोट दिन आह्वान गर्नुभएको छ ।
आज पश्चिम नवलपरासीमा आयोजित राप्रपाको ‘रोड सो’ कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष लिङदेनले गणतन्त्र आएको दुई दशकको अवधिमा देशको अस्तित्व माथिनै प्रश्न उठेको बताउँदै अभिभावकीय भूमिकामा राजा हुनुपर्ने र हिन्दु राष्ट्र पुन:स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । भोट हाल्दा विचार पुर्याउन आग्रह गर्दे लिङदेनले देश बचाउन र देश बनाउन राप्रपा एक मात्र विकल्प भएकोमा जोड दिनुभयो ।
नयाँ भनिएका दलहरूबाट पनि मुलुकले निकास पाउन नसक्ने बताउँदै उहाँले पुरानै पार्टीको मिश्रित रूप मात्रै नयाँ पार्टी भएको उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीको ‘भाई’ भएको टिप्पणी गर्दे एजेन्डाविहीन यात्राले गन्तव्यमा पुग्न नसकिने बताउनुभयो ।
मोटरसाइकल र्यालीसहित लिङदेन परासी देखि पाल्हीनन्दको बेलासपुर बाट महेसपुर, पट्खौली, मनरी, बासा, भुमही, सुनवल, ज्यामिरे हुदै रूपन्देही प्रस्थान गर्नुभएको छ ।