• ७ फागुन २०८२, बिहिबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, फागुन ७ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ४७ पैसा र बिक्रीदर १४५ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ३० पैसा र बिक्रीदर १७२ रुपियाँ १ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ४७ पैसा र बिक्रीदर १९७ रुपियाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ६७ पैसा र बिक्रीदर १८८ रुपियाँ ४५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ४० पैसा र बिक्रीदर १०२ रुपियाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ५ पैसा र बिक्रीदर १०६ रुपियाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ १५ पैसा र बिक्रीदर ११४ रुपियाँ ९९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ९६ पैसा र बिक्रीदर २१ रुपियाँ ४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६० पैसा र बिक्रीदर ३८ रुपियाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६१  पैसा र बिक्रीदर ३९ रुपियाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ४२ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर दस रुपियाँ ३ पैसा र बिक्रीदर १० रुपियाँ ७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ११ पैसा र बिक्रीदर १६ रुपियाँ १७ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९३ पैसा र बिक्रीदर २३ रुपियाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५३ पैसा र बिक्रीदर १८ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ २२ पैसा र बिक्रीदर ४७६ रुपियाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपियाँ ५ पैसा र बिक्रीदर ३८५ रुपियाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ ८ पैसा र बिक्रीदर ३७७ रुपियाँ ६३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस