• ७ फागुन २०८२, बिहिबार

सेना सवार बस दुर्घटना, २४ सैनिकसहित २६ जना घाइते

blog

बस दुर्घटनामा परी घाइते भएकाहरुलाई हेलीकप्टरमार्फत काठमाडौं लगिदै ।

सचिन पोख्रेल

इटहरी, फागुन ६ गते । भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सवार रहेको बस दुर्घटना हुँदा २४ जना सैनिकसहित २६ जना घाइते भएका छन् । दुर्घटनामा पर्नेमा दुईजना चालक र सहचालक रहेका छन् ।

बुधबार दिउँसो भोजपुर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा बस दुर्घटना भएको सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीले जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकामा अस्थायी बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको हेडक्वाटरले जनाएको छ ।

भोजपुरस्थित नयाँ श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको थियो । गम्भीर घाइते १५ जना सैनिक र चालक तथा सहचालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेका सात जना सैनिकको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेका छ । सामान्य घाइते भएका दुई सैनिक उपचारपछि गणमा फर्किएको बताइएको छ ।