लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन ६ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना हुने ‘कांग्रेस मधेश प्रतिज्ञा सभा’मा सहभागी हुन लाग्नुभएको छ ।
जनकपुरधामस्थित तिरहुतिया गाछीमा बुधबार दिउँसो १ बजेदेखि आयोजना हुने सो कार्यक्रममा कांग्रेस सभापति थापा सहभागी हुन लाग्नुभएको हो ।
सभाबारे नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले सभामा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार एक लाखभन्दा बढी जनसहभागिताको अपेक्षा गरिएको छ।
सभामा सभापति थापाले वर्तमान राजनीतिक परिस्थिति, सङ्गठन सुदृढीकरण, सुशासन तथा आगामी रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने स्थानीय स्तरमा पार्टी सुदृढीकरण, जनसमस्याको समाधान तथा विकास निर्माणका एजेन्डा उठान गर्ने उद्देश्यले सभा आयोजना गरिएको जनाइएको छ।
उहाँले आसन्न निर्वाचनलाई लक्षित गर्दै सभापति थापाको वक्तव्य, हालसम्मका क्रियाकलाप तथा मिसन–भिजनलाई प्रतिज्ञापत्रमा समावेश गरिएको जानकारी मुख्यमन्त्रीले दिनुभयो।