काठमाडौँ, माघ ६ गते । औषधी व्यवस्था विभागले क्युरेक्स फार्मास्युटिकल्स प्रालिको ‘इन्क्लेभ ओडी’ नामक औषधी बजारबाट फिर्ता लैजान निर्देशक दिएको छ ।
विभागले सूचना जारी गर्दै क्युरेक्स फार्मास्युटिकल्स प्रालिको ब्याज नम्बर टिइओडी-०२६ को ‘इन्क्लेभ ओडी’ नामक औषधी बजारबाट फिर्ता लैजान बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो।
विभागले बजार अनुगमन क्रममा उक्त फार्मास्युटिकल्स प्रलिको औषधी सङ्कलन गरि औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालाबाट परीक्षण गर्दा उक्त ब्याचको औषधी न्यून गुणस्तर भएको पाइएकोले विभागले यस्तो निर्देशन दिएको हो ।
साथै विभागले उक्त ब्याच न उल्लेख भएका औषधीको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नराउन अनुरोध गरेको छ ।
विभागले औषधी ऐन, २०३५ को दफा बमोजिम बिक्री वितरण रोक्का गरि उक्त ब्याच न का औषधी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न उद्योग तथा तिनका प्रतिनिधिलाई निर्देशन दिएको छ ।