• ६ फागुन २०८२, बुधबार

मेची राजमार्ग १२ घण्टापछि खुल्यो

blog

अवरुद्ध मेची राजमार्गको कोल्बुङ सडकमा पहिरो पन्छाउँदै स्काभेटर । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, फागुन ६ गते ।
पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ ।  

मेची राजमार्ग चौडा बनाउने क्रममा खनिएको स्थानमा माथिबाट ढुुङ्गासहितको पहिरो खसेर हिजो राति ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । बुधबा बिहान स्काभेटर प्रयोग गरेर ढुुङ्गा र पहिरो हटाइएपछि एकतर्फी रूपमा राजमार्ग खुलाइएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुुभयो ।

एकतर्फी रूपमा सडक सुुचारु गरिएपछि हिजोदेखि राजमार्गमा रोकिएर रहेका सयौं सङ्ख्याका यातायातका सवारी आफ्नो गन्तव्र्य तर्फ लागेका छन् । अझै पूर्ण रूपमा सवारी आवागमन गराउन केही समय भने लाग्ने घिमिरेले  जानकारी दिनुुभयो ।

साँघुुरो सडक भएकाले मेची राजमार्गलाई चौडा गरेर फराक बनाउन अहिले इलाम र झापाको सिमाना जोर कलशदेखि कोल्बुुङसम्मको काम भइरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।