शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशवराज भट्ट
वाशुलिङ बैतडी, फागुन ६ गते । जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।
छुटेका नाम समावेश गरी अन्तिम नामावली सार्वजनिक गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार बैतडीमा दुई हजार ७० जना अस्थायी मतदाता रहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा अस्थायी मतदाताले समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
अस्थायी मतदातामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन सुरक्षामा खटिने प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, वृद्धा श्रममा रहेका व्यक्ति तथा कारागारमा रहेका थुनुवा र कैदीबन्दी समावेश गरिने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।