• ६ फागुन २०८२, बुधबार

दुई सय पाँच केजी गाँजासहित दुई जना पक्राउ

blog

प्रहरीले बरामत गरेको गाँजा । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) माघ ६ गते ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ विषेश सूचनाका आधारमा उनिहरूलाई प्रहरीले गाजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–७, गर्जुवाका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई रहेका छन् । जङ्गलमा सेतो प्लास्टिकको बोरा भित्र लुकाइ राखिएको १० वटा बोरामा जम्मा दुई सय पाँच किलोग्राम गाँजा बरामद गरीएको धनकुटाका प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको बताउनुभयो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा जङ्गलमा लुकाइछिपाइ अवस्थामा राखिएको गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाको छ । पक्राउ परेका उनिहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।