• ६ फागुन २०८२, बुधबार

बोलेरो दुर्घटना चालक घाइते

blog

प्रेमराज सिम्खडा
कालीकोट, फागुन ६ गते ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा न २ सेराचौरको टुडाखोलामा बोलेरो जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । चुनावी प्रचारप्रसारमा खटिने कार्यकर्तालाई पुर्ययर फर्किदै गरेको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा चालक राष्कोट नगरपालिका ३का अन्दाजी ३३ वर्षीय पङख फडेरा घाइते हुनुभएको छ ।

स्थानीय शान्ता कुमारी रोका मगरले आफू अगाडि गुडिरहेको जिप सडकभन्दा केही तल खसेको बताउनुभयो । मङ्गलबार साँझ करिब ६ बजे तिर सो घटना भएको हो । रास्कोट ईलाका प्रहरी चौकीबाट घटनास्थल पुगेको प्रहरी टोली र स्थानीयले घाइते चालकलाई गाडीबाट निकालेर अस्पताल पठाएका थिए ।

स्थानीय दिपक सिम्खडाले चालकको अवस्था गम्भीर रहेको र उद्धार गरी नगर अस्पताल गौतुकोटमा पठाएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यलय कालिकोटले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।