• ६ फागुन २०८२, बुधबार

लागुऔषधसहित चार जना पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, फागुन ६ गते ।
गल्याङ नगरपालिका वडा नम्बर –१ रामनदीमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।सिद्धार्थ राजमार्गमा प्रहरीले बुटवलबाट पोखरा तर्फ आउँदै गरेको ग १ ज २२९० नम्बरको ट्याक्सीमा सवार पोखरा महानगरपालिका –१७ बस्ने ३३ वर्षीय बिनोद विक, ३४ वर्षीय नरेन्द्र भुजेल, ३० वर्षीय मिलन गुरूङ र ३९ वर्षीय राजेन्द्र कामीलाई अवैध लागुऔषधसहित पक्राउ गरेको हो ।

बसको सिड मुनी लुकाइछिपाई रोखेका अवस्थामा बुफ्रिनोरफिन इन्जेक्सन आईपी छ एम्पुल, प्रोमेटोजीन आईड्रकोलोराइड फेनेरगन पाँच एम्पुल, डाइजेपन इन्जेक्सन पाँच एम्पुल प्रहरीले फेला पारेको हो ।

लागुऔषध सहित फेला परेका चारै जनालाई थप अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।