• ७ जेठ २०८१, सोमबार

नेपाल बैङ्कको एक्सटेन्सन काउन्टर

blog

काठमाडौँ, साउन २ गते । नेपाल बैङ्क लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभयो ।