राजन रावत
हुुम्ला, असार ३२ गते । राष्ट्रिय वाणिज्य बैङकले शनिबार बिदाको दिनमा पनि आफ्नो सेवा सुुचारु गरेको छ । आर्थिक वर्षको अन्तिम समय भएका कारण गाउँबाट सेवाग्राही भुक्तानी लिन आएकाले बिदाको दिन पनि सेवा सुचारु गरेको बैंकका कर्मचारीको भनाइ छ ।
चङ्खेली गाउँपालिका–४ को पाली गाउँकी बेलसरा बोहराले शनिबार बैङ्कले सेवा प्रदान गरेर सहज भएको बताउनुुभयो । चार दिन अगाडि योजनाको भुक्तानी लिन सदरमुकाम सिमकोट आउनुुभएका उहाँको शुुक्रबार भुक्तानी लिने कार्य नभएको कारण शनिबार लिनुु भएको बताउनुभयो । शनिवार उहाँले उपभोक्ताको खाताबाट पैसा भुक्तानी लिएको बताउनुभयो ।
शनिबार बैङ्क सुचारु भएपछि कारण उहाँजस्तै दुुई सयभन्दा बढी सेवाग्राहीले भुुक्तानी लिन पाउनुुभएको छ । बैङ्क प्रबन्धक सबिता शाहीले टाढाका गाउँबाट सेवाग्राही तीन दिन पैदल हिडेर आएको कारण बिदाको दिनमा पनि बैङ्कमा कारोबार सुचारु गरिएको बताउनुुभयो ।
अघिल्लो वर्षमा बैंक आर्थिक वर्षको अन्तिम समयमा बिदाको दिनमा राजस्व जम्माका लागि बिदाको दिन बैङ्क सुुचारु गर्ने गरिन्थ्यो । यस पटक पनि बैंङ्कको केन्द्रीय निर्देशन आर्थिक वर्षको अन्तिम समयमा राजस्व जम्माका लागि बिदाको दिन पनि सुुचारु गर्नुपर्ने रहेको छ ।
हुुम्ला शाखाबाट यस वर्ष भने बैङ्कबाट हुने सबै कारोवार बिदाको दिनमा पनि सुुचारु गरिएको उहाँले बताउनुुभयो । बैङ्कको यो कार्यले सेवाग्राहीलाई सहज भएको स्थानीयको भनाइ छ । दिउँसोेसम्म दुुई करोडभन्दा बढीको कारोवार भएको बैंकका कर्मचारीले जानकारी दिनुभयो । गत असार २५ गते शनिबार र २६ गते सार्बजनिक बिदा भए पनि बैंक सञ्चालनमा थियो ।